बैशाख २५, २०८१, मंगलबार
               

एसी मिलान शीर्ष स्थानमा

नेपाल फ्ल्यास
भदौ १०, २०८०

ADVERTISEMENT

काठमाडौं । इटालियन सिरी ए मा  एसी मिलान लगातार दोस्रो जित निकाल्न सफल भएको छ । 

शनिबार राति दोस्रो चरणमा टोरिनोलाई ४–१ ले हराउँदै शीर्षस्थानमा यथावत रहेको हो । 
घरेलु मैदान सान सिरोमा मिलानलाई जित दिलाउन क्रिष्टियन पुलिसिकले पहिलो गोल गरेका थिए । 

३३ औं मिनेटमा उनले रुवेनको पास सदुपयोग गरेका हुन् ।

तीन मिनेटपछि नै टोरिनोले बराबरी गोल फर्कायो । पर स्चर्सले गोल गर्दै खेल १–१ मा पुर्याएका थिए । 

आफैलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै ओलिभियर जिराउडले अग्रता २–१ को बनाए ।  

थियो होर्नान्डेजले इन्जुरी समयमा गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ३–१ को अग्रता बनाएका थिए । 

६५औं मिनेटमा राफेल लिओलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै जिराउडले टोलीलाई सहज जित दिलाएका हुन् । मिलानले पहिलो खेलमा बोलोग्नालाई २–० ले हराएको थियो ।

राति नै भएको खेलमा रोमा १० खेलाडीमा सिमित भेरोनासँग २–१ र  इम्पोली मोन्जासँग २–१ ले पराजित भएका छन् । रोमाको दुई खेलबाट जम्मा एक अंक छ । 
 


कस्तो लाग्यो ?

यो पनि