
काठमाण्डौ – स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ ।
विश्वकपको ट्रफि लिएर घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो ।
उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका छन् ।
ओल्गा कार्मोनाले २९ औँ मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले उपाधि चुमेको थियो ।
मड्रिडमा विश्वकपकी गोलकर्ता कार्मोनाको लागि विशेष समर्थन भएको थियो ।
उनलाई विश्वकप खेलिसकेपछि मात्रै बुवाको मृत्यको खबर दिइएको थियो ।
उनको बुवाको निधन विश्वकपको दिन आइतवार खेल शुरु हुनुभन्दा केही समय अघि मात्रै भएको थियो ।