बैशाख २४, २०८१, सोमबार
               

महिला विश्वकप फुटबलको उपाधि स्पेनलाइ

नेपाल फ्ल्यास
भदौ ०३, २०८०

ADVERTISEMENT

सिड्नी । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले उचालेको छ ।  

आईतबार अष्ट्रेलिया स्टेडियममा इङ्ल्याण्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले उपाधि चुमेको हो । स्पेनको जितमा २९ औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरिन् । 

उपाधि भिडन्तमा स्पेनले शानदार प्रर्दशन गर्यो । बल पोजिसनमा उत्कृष्ट देखिएको स्पेनले गोलका धेरै अवसर पनि सिर्जना गरेको थियो । 

जेनिफर हर्मोसोले खेलको ७० औं मिनेटमा पेनाल्टी मिस गरेपछि स्पेनले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । 

सह आयोजक अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएको इङ्ल्याण्डले स्पेनको चुनौती पन्छाउन भने सकेन । 
 


कस्तो लाग्यो ?

यो पनि