बैशाख २५, २०८१, मंगलबार
               

महिला विश्वकप फुटबलमा स्विडेन  तेस्रो स्थानमा

नेपाल फ्ल्यास
भदौ ०२, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा स्विडेनले तेस्रो स्थान पक्का गरेको छ ।

आज ब्रिस्वेनमा भएको खेलमा आयोजक अष्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो बनेको हो । 

स्विडेनका फ्रिडोलिना रोल्फो र कोसाभारे अस्लानीले गोल गरे । 

स्विडेन स्पेनसँग र अष्ट्रेलिया इंग्ल्याण्डसँग सेमिफाइनलमा पराजित भएका थिए ।

महिला विश्वकप फुटबलको फाइनलमा भोलि इंग्ल्याण्ड र स्पेन खेल हुनेछ ।  दुवै टोली पहिलोपटक फाइनलमा पुगेका हुन् ।

अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्वकपमा ३२ टोली सहभागी थिए । 
 


कस्तो लाग्यो ?

यो पनि