बैशाख १५, २०८१, शनिबार
               

मेस्सीले कप्तानी गरेको इन्टर मियामी पहिलो पटक फाइनलमा

नेपाल फ्ल्यास
साउन ३१, २०८०

ADVERTISEMENT

काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनल प्रवेश गरेकोे छ । 

पहिलो सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४–१ गोलले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।

मियामीका लागि जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान एक—एक गोल गरे ।

युनियनका आलेहान्द्रो बेडोयाले एक गोल फर्काए ।

अब मियामीले फाइनलमा नाशभिल र मोन्टरेबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

फाइनल खेल शनिवार हुनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि