बैशाख २४, २०८१, सोमबार
               

महिला विश्व कप फुटबल: स्पेन र स्वीडेन आज भिड्दै

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्व कप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दैछन् । पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे सुरु हुनेछ । 

स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्व कपको आयोजक टोली समेत हो ।

भोलि अष्ट्रेलियाको सिड्नीमा अस्ट्रेलिया र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल हुनेछ । गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ।
 


कस्तो लाग्यो ?

यो पनि