बैशाख २४, २०८१, सोमबार
               

उल्भ्सलाई १–० गोल अन्तरले हराउदै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा विजयी शुरुवात गरेको छ । राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १–० गोल अन्तरले हराएको छ । 

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका राफाएल भारानले खेलको ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै युनाइटेडले तीन अंक जोडेको छ । यो खेलमा उसका गोलरक्षक आन्द्रे ओनानाले डेब्यु गरेका थिए । 

गोलकिपर डेविड डि गाले यस सिजनदेखि क्लब छाडेकाले नयाँ किपरको रुपमा आन्द्रेले स्थान बनाएका हुन् । त्यस्तै, युनाइटेडबाटै मेसन माउन्टले पनि यो खेलमा डेब्यु गरेका छन् ।
 

यो पनि