बैशाख २३, २०८१, आइतबार
               

अब क्रिकेटमा पनि रेड कार्ड प्रयोग हुने

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

काठमाडौं । अब फुटबलमा जस्तै क्रिकेटमा पनि रेड कार्ड को प्रयोग हुने भएको छ ।

वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डको नयाँ नियम आउने भएको हो । सीपीएलको पुरुष तथा महिला दुवै प्रतियोगितामा रेड कार्ड को प्रयोग गरिने समाचारमा जनाइएको छ । यदि कुनै टिमले तोकिएको समयभित्र आफ्नो कोटाको २० ओभर पूरा नगरेम स्लो ओभर रेट अन्तर्गत यो नियम लागू हुने छ । आउँदो बिहीवारदेखि शुरु हुने प्रतियोगितामा यो नियम पहिलो पटक प्रयोग हुने भएको हो । 

पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न रेड कार्ड को नियम लागू गरिएको सीपीएलका प्रतियोगिता सञ्चालन निर्देशक माइकल हलले बताए ।

सीपीएल आयोजकको नियमअनुसार १८ औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि स्लो ओभर रेट देखिएका फिल्डिङ टोलीको एक अतिरिक्त खेलाडीलाई ३० यार्डको घेरामा बोलाइनेछ । यसो हुँदा ३० यार्डभित्र ५ जना खेलाडी हुनेछन् । 

यसैगरी १९ औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि स्लो ओभर रेट देखिएमा फिल्डिङ टोलीको २ अतिरिक्त खेलाडीलाई ३० यार्डको घेरामा बोलाइनेछ । यसो हुँदा ३० यार्डभित्र ६ जना खेलाडी हुनेछन् ।

यसैगरी २० औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि स्लो ओभर रेट देखिएमा फिल्डिङ टोलीको १ जना खेलाडीलाई मैदान बाहिर पठाइनेछ । बाहिर को खेलाडी जाने भन्ने कप्तानले चुन्नेछन् । यस्तै सर्कलभित्र ६ जना खेलाडी रहनेछन् । 

खेल सधैँ फिल्डिङ गर्ने टिमका कारण मात्रै लम्बिँदैन । कहिलेकाहीँ ब्याटिङ गर्ने टिमका कारण पनि खेल लम्बिने गर्छ । यस्तो अवस्थामा अम्पायरले पहिलो तथा अन्तिम चेतावनीपछि ब्याटिङ गर्ने टिमले बदमासी गरेको पाएमा जरिवाना स्वरूप ५ रन घटाउने छन् ।

कुनै पनि टी–२० खेलमा एक पारी ८५ मिनेटको हुन्छ । नियमअनुसार १७ औँ ओभर ७२ मिनेट १५ सेकेन्ड, १८ औँ ओभर ७६ मिनेट ३० सेकेन्ड, १९ औँ ओभर ८० मिनेट ४५ सेकेन्ड र २० औँ ओभर ८५ मिनेटमित्र पूरा हुनुपर्छ ।
 


कस्तो लाग्यो ?

यो पनि