बैशाख २१, २०८१, शुक्रबार
               

रोनाल्डोको सानदार प्रदर्शन: अल नासरको जित
नासरमा  रोनाल्डोको पहिलो उपाधी

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहायतामा अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी उचालेको छ । 

फाइनलमा अल नासरले अल हिलाललाई २—१ गोलअन्तरले पराजित गरेको छ । नासरका लागी दुवै गोल रोनाल्डोले गरेका थिए ।  

किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो ।

१० खेलाडीमा समेटिएको अल नासरका लागि ७४औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका पिथए ।  

त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जितसहित च्याम्पियन बनाए । 

यो संगै रोनाल्डोले नासरमा पहिलो उपाधी जितेका छन् । उनी पहिलो सिजन क्लबमा उपाधीविहिन बनेका थिए।
 


कस्तो लाग्यो ?

यो पनि