बैशाख २४, २०८१, सोमबार
               

नेदरल्यान्ड्सलाई हराउदै स्पेन सेमिफाइनलमा

नेपाल फ्ल्यास
साउन २६, २०८०

ADVERTISEMENT

काठमाडौ । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारि फिफा महिला विश्वकपमा नेदरल्यान्ड्सलाई हराउदै स्पेन सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २-१ गोल अन्तरले विजयी भएको हो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो।

यो संगै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

अघिल्लो संस्करणको उपविजेता नेदरल्यान्ड्स भने अन्तिम ८ बाटै बाहिरिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि