बैशाख १५, २०८१, शनिबार
               

युनाईटेड आए होजलुन्ड

नेपाल फ्ल्यास
साउन २०, २०८०

ADVERTISEMENT

काठमाडौं । नयाँ फरवार्डको रुपमा रासमस होजलुन्डलाई म्यानचेस्टर युनाईटेडले भित्राएको छ ।

प्रिमियर लिग क्लब युनाईटेडले ७२ मिलियन पाउण्डमा डेनिस फरवार्ड होजलुन्डलाई एटलान्टा क्लबबाट अनुबन्धन गरेको जनाएको छ । २० वर्षिय फरवार्ड सन् २०२२ मा सिरि ए क्लब एटलान्टामा आबद्ध भएका थिए । उनले सिरि ए क्लबमा रहदाँ गत सिजन ३४ खेलमा १० गोल गरेका थिए । 

उनले ओल्डट्राफोर्ड क्लबसँग ५ वर्षको सम्झौता गरेका छन् । 

धेरै कुरा गोप्य छैन । म सानै छदाँ यो महान क्लबको फ्यान हुँ भन्दै उनले आफुले खेलाडीको रुपमा ओल्डट्राफोर्डमा घुम्ने इच्छा देखेको बताएका छन् । 

युनाईटेडका प्रशिक्षक इरिक टेन हगले समर ट्रान्सफरमा अनुबन्धन गरेका उनी तेस्रा खेलाडी हुन् । युनाइटेडले यसअघि चेल्सीबाट मासन माउन्टलाई ५५ मिलियन र इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई ४७ मिलियन पाउण्डमा अनुबन्धन गरिसकेको छ ।  

होजलुन्डमाथि पेरिस सेन्ट जर्मेन पीएसजीले समेत इच्छा देखाएको थियो । पीएसजीले केलियन एमबाप्पेको विकल्पको रुपमा होजलुन्डलाई अनुबन्धन गर्न चाहेको थियो । तर, एमबाप्पेको भविष्य पीएसजीमा अझै पनि अन्योलको भुमरिमै रहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि