बैशाख १६, २०८१, आइतबार
               

ब्राइटनका गोलकिपर रोबर्ट सान्चेज चेल्सी जाने

नेपाल फ्ल्यास
साउन १९, २०८०

ADVERTISEMENT

काठमाडौं । लण्डन क्लब चेल्सीले ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजलाई किन्न सहमत भएको छ ।

पहिलो रोजाईका गोलकिपर इडुआर्ड मेन्डेलाई साउदी क्लबमा बचेको चेल्सी गोलकिपर थप्ने योजनामा थियो ।  सोही अनुसार ब्राइटनका सान्चेजलाई २५ मिलियन पाउण्ड तिरेर किन्न लण्डन क्लब सहमत भएको हो । मेन्डे यसै समर ट्रान्सफरमा साउदी क्लब अल हिलाल पुगेका छन् । पहिलो रोजाईमा स्थान बनाउन सान्चेजले केपा अरिजाबलागासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

स्पेनिस खेलाडी सान्चेज चेल्सीका गोलकिपर प्रशिक्षकसँग नजिक छन् । प्रशिक्षक बेन रोबर्टसँग सान्चेजले ब्राइटनमा संगै काम गरेका थिए । 

सन् २०२० को नोभेम्बरमा ब्राइटनको पहिलो रोजाईका गोलकिपरको रुपमा डेब्यु गरेका सान्चेजले दुई वर्ष राम्रो समय बिताएका थिए । उनलाई स्पेनको २०२० को युरो कप र २०२२ को विश्वकपमा समेत बोलाईएको थियो । 

उनले सन् गत सिजनको दोस्रो भागमा जेसन स्टीलसँग आफ्नो स्थान गुुमाएका थिए । उनले एफ ए कपको सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडसँग पेनाल्टीमा पराजित बनेको खेलमा अवसर पाएका थिए ।

ब्राइटनसँग उनको सम्झौता सन् २०२५ सम्म रहेको छ । सान्चेजले ब्राइटनबाट ९० खेलमा सहभागीता जनाएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि