बैशाख १६, २०८१, आइतबार
               

अविश्वसनीय नतिजा: बाहिरियो जर्मनी

नेपाल फ्ल्यास
साउन १८, २०८०

ADVERTISEMENT

उपाधि जित्ने प्रवल दावेदार मानिएको जर्मनी वुमेन्स वर्ल्डकप २०२३ बाटै बिहीबार बाहिरिएको छ ।

दुई पटकको च्याम्पियन जर्मनी दक्षिण कोरियाको हातबाट १–१ को बराबरीमा रोकियो । जर्मनीलाई यस खेलमा निश्चित जित आवश्यक थियो ।यसलाई महिला विश्वकप इतिहासको ठूलै अप्रत्यासित नतिजा मानिएको छ । जर्मनी महिला विश्वकपको समूह चरणमै रोकिएको पनि यो पहिलो पल्ट हो । अर्को खेलमा मोरक्कोले कोलम्बियालाई १–० ले हरायो र यससँगै अविश्वसनीय रूपमा अन्तिम १६ पुग्न सफल रह्यो ।

हारका बावजुत कोलम्बिया भने छ अंकमा समूहको शीर्षमा रह्यो । मोरक्कोको पनि समान छ अंक भयो । जर्मनी भने चार अंकमै सीमित रह्यो । दक्षिण कोरिया एकै अंक मात्र बटुल्न सफल रह्यो, तर उसको सबैभन्दा ठूलो उपलब्धी जर्मनीलाई बराबरीमा रोक्नु रह्यो ।
 


कस्तो लाग्यो ?

यो पनि