साउन १२, २०८१, शनिबार
               

सेनेगलका प्रभावशाली खेलाडी साडियो माने अल—नासरमा

नेपाल फ्ल्यास
साउन १७, २०८०

ADVERTISEMENT

काठमाडौँ । सेनेगलका प्रभावशाली खेलाडी साडियो मानेले जर्मन क्लब बायर्न म्युनिख छाडेका छन् । ३१ वर्षीय मानेले साउदी अरेबियन क्लब अल—नासर जान बायर्न म्युनिख छाडेको समाचारमा उल्लेख गरिएको छ । अल—नासर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध रहेको क्लब हो । उनी सन् २०२२ मा बायर्न म्युनिखमा आबद्ध भएका थिए । एक सिजन बायर्न म्युनिखमा बिताउँदा उनले क्लबका लागि ३८ खेल खेल्दै १२ गोल गरेका छन् ।  

बायर्न म्युनिखमा आबद्ध हुनुअघि उनी लामो समय इङ्लिस क्लब लिभरपुलबाट खेलेका थिए । सन् २०१६ मा लिरभपुलमा आबद्ध भएका थिए माने । लिभरपुलबाट साडियो मानेलाई भित्राउन बायर्न म्युनिखले तीन करोड ५० लाख पाउण्ड खर्च गरेको थियो । 

उनले अल—नासरसँग चार वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ । आइभरी कोस्टका मिडफिल्डर सेको फोफनापछि अल—नासरमा आबद्ध हुने प्रभावशाली खेलाडी हुन्, माने । त्यसअघि पाँच पटकका बालन डीओर विजेता रोनाल्डो, क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोभोभिच, ब्राजिलका एलेक्स टेल्लस अल—नासरमा आबद्ध भएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि