बैशाख १६, २०८१, आइतबार
               

फाबिन्हो अल–इतिहादमा

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

काठमाडौं ।ब्राजिलियन मिडफिल्डर फाबिन्हो लिभरपुल छाडेर साउदी प्रो–लिग क्लब अल–इतिहादमा आवद्ध भएका छन् । साउदी क्लबले उनको लागि ४ करोड पाउन्डको अफर प्रस्तुत गरेपछि २९ वर्षीय खेलाडी लिभरपुलको जर्मनीमा आयोजित प्रशिक्षण क्याम्पमा सहभागी नै भएनन् । उनले क्लबसँग ३ वर्षको  सम्झौता गरेको बताइएको छ ।

ब्राजिलका लागि २९ खेल खेलेका फाबिन्हो सन् २०१८ मा ३.९ करोड पाउन्डमा मोनाकोबाट लिभरपुल गएका थिए । लिभरपुलका लागि २१९ खेल खेल खेल्दै उनले ११ गोल गरेका छन् । लिभरपुलमा रहँदा उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, लिग कप र फिफा क्लब विश्वको उपाधि जितेका थिए ।

वुल्भ्सका पूर्व म्यानेजर नुनो इस्पेरितो सान्तोले म्यानेज गरेको अल–इतिहादमा यसअघि बालोन डी’ओर विजेता रियल मड्रिडका पूर्व स्ट्राइकर करिम बेन्जेमा, चेल्सीका पूर्व मिडफिल्डर एन’गोलो कान्टे र सेल्टिकका पूर्व स्ट्राइकर जोटा आबद्ध भइसकेका छन् ।

केही दिनअघि मात्र लिभरपुलका अर्का मिडफिल्डर जोर्डन हेन्डरसन अर्को साउदी क्लब अल–इत्तिफाकसँग अनुबन्ध भएका थिए । लिभरपुलले यो सिजन जेम्स मिल्नर, एलेक्स ओक्सालेड च्याम्बरलिन र नाबी किएटालाई पनि गुमाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि