बैशाख १५, २०८१, शनिबार
               

महिला विश्वकप:मोरक्कोसँग स्तब्ध बन्यो दक्षिण कोरिया

नेपाल फ्ल्यास
साउन १४, २०८०

ADVERTISEMENT

काठमाडौँ । एसियाली राष्ट्र दक्षिण कोरिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह ‘एच’ अन्तर्गतको आइतबार भएको खेलमा मोरक्कोले दक्षिण कोरियामाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्न सफल भयो । यसअघि पहिलो खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २—० गोलले हराएको थियो । दक्षिण कोरियाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल अगस्त ३ तारिखमा जर्मनीसँग खेल्नेछ । समूहमा एक खेल खेलेको जर्मनी तीन अंकसहित पहिलो र समान खेल खेलेको कोलम्बिया तीन अंकसहित दोस्रो स्थानमा छन् । 

दुई खेलबाट तीन अंक बटुलेको मोरक्को भने तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दुई खेल सकेको दक्षिण कोरिया अहिलेसम्म अंकविहीन छ । तर, उक्त समूहबाट नकआउट चरणमा पुग्ने टोलीहरुको भने अझै टुङ्गो लागेको छैन । हालसम्म समूह ‘जी’ बाट स्विडेन तथा समूह  ‘सी’ बाट स्पेन र जापान प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् ।  

दक्षिण कोरियाविरुद्घको प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले प्रारम्भमै गोल गरेको थियो । खेल सुरु भएको छैटौं मिनेटमा मोरक्कोका लागि इबतिसाम जराइदीले गोल गरेकी थिइन् । सोही गोल नै मोरक्कोलाई तीन अंक दिलाउन पर्याप्त भयो ।
 


कस्तो लाग्यो ?

यो पनि