बैशाख १६, २०८१, आइतबार
               

स्विडेनको फराकिलो जित
स्विडेन फिफा महिला विश्व कपको नकआउट चरणमा

नेपाल फ्ल्यास
साउन १३, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रि—क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

समूह जी मा रहेका स्विडेनको ६ अङ्क भएको छ भने इटालीको ३ अङ्क मात्रै छ । यो समूहमा दक्षिण अफ्रिका र अर्जेन्टिनाको सामान एक—एक अङ्क रहेको छ । समूह जी बाट अब ३ मध्ये एक टिमले अन्तिम १६ मा स्थान पक्का गर्ने छ।

आजको खेलमा स्विडेनका लागि अमान्डा इलिस्टेडले दुई गोल गर्दा फ्रिडोलिना रोल्फो, एम्मा स्टिना ब्लेकस्टेनियस, रेबेका मारिया ब्लोमक्विस्टले एक—एक गोल गरे ।
 


कस्तो लाग्यो ?

यो पनि