बैशाख १६, २०८१, आइतबार
               

अर्जेन्टिनाको उत्कृष्ट पुर्नआगमन
अफ्रिकासँग रोमाञ्चक बराबरी

नेपाल फ्ल्यास
साउन १२, २०८०

ADVERTISEMENT

काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा दक्षिण अफ्रिकाले अर्जेन्टिनालाई २—२ गोलको बराबरीमा रोकेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिना निकै अप्ठ्यारोमा परेको छ । समूह ‘जी’ मा दुई खेल खेलेको अर्जेन्टिना एक अङ्कसहित चौथो स्थानमा मात्रै रहेको छ । दुई खेलबाट एक अङ्क बटुलेको दक्षिण अफ्रिका भने तेस्रो स्थानमा छ । एक खेल खेलेको स्विडेन तीन अङ्कसहित पहिलो र एक खेलबाटै तीन अङ्क जोडेको इटाली दोस्रो स्थानमा छन् । 

अर्जेन्टिना आफ्नो पहिलो खेलमा इटालीसँग १—० गोलले पराजित भएको थियो । अर्जेन्टिनाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल स्विडेनसँग खेल्नेछ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई गोलले पछाडि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई बराबरीमा टुङ्ग्याएको थियो । 

खेल सुरु भएको ३०औँ मिनेटमा लिन्डा मोटहलोले पहिलो गोल गरेकी थिइन् । ६६औँ मिनेटमा कगातलानाले दक्षिण अफ्रिकाको अग्रता दोब्बर बनाएकी थिइन् । त्यसपछि अर्जेन्टिना खेलमा फर्किएको थियो । ७४औँ मिनेटमा अर्जेन्टिनाका लागि सोफिया ब्राउनले पहिलो गोल गरिन् । ७९औँ मिनेटमा रोमिना नुनेजले दोस्रो गोल फर्काएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि