बैशाख १६, २०८१, आइतबार
               

महिला विश्वकप : बाहिरियो भियतनाम

नेपाल फ्ल्यास
साउन ११, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा पोर्चुगलले भियतनामलाई हराएको छ । 

आज बिहीवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको हो । पोर्चुगलका लागि तेल्मा इन्कारनाको र फ्रान्सिस्का नजरेथले गोल गरिन् ।

आजको जितसँगै पोर्चुगल २ खेलमा ३ अङ्कका साथ समूह ई को तेस्रो स्थानमा छ । दुवै खेल हारेको भियतनाम प्रतियोगिताबाटै बाहिरिएको छ ।

आजै न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ई को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १—१ गोलको बराबरी खेलेका छन् । 

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि