बैशाख १६, २०८१, आइतबार
               

फराकिलो जित
स्पेनले जाम्बियालाई ५ गोलले हरायो

नेपाल फ्ल्यास
साउन १०, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले जाम्बियालाई फराकिलो अन्तरले हराएको छ । 

बुधवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले हरायो । स्पेनका लागि जेनिफर हर्मोसो र अल्बा रेडोन्डोले २ तथा टेरेसा अबेलेरियाले १ गोल गरिन् । स्पेन २ खेलमा ६ अङ्कसहित समूह सी को शीर्ष स्थानमा छ । जाम्बिया उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

महिला विश्वकप फुटबलमा आजै भएको खेलमा जापानले कोस्टारिकालाई २–० गोलले हराएको छ । आजै बेलुकी पौने ६ बजे क्यानडा र आयरल्यान्ड खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि