बैशाख १६, २०८१, आइतबार
               

महिला विश्वकप फुटबल : कोस्टारिका स्तब्ध

नेपाल फ्ल्यास
साउन १०, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा जापानले कोस्टारिकालाई हराएको छ । 

आज बुधवार न्युजिल्यान्डको फोर्सिथ बार स्टेडियममा भएको खेलमा जापानले कोस्टारिकालाई २–० गोलले हरायो । जापानका लागि हिकारु नोमोतोले खेलको २५ औँ र ओबा फुजिनोले २७ औँ मिनेटमा गोल गरिन् । जापान २ खेलमा ६ अङ्कसहित समूह ुसीु को शीर्ष स्थानमा छ । कोस्टारिका उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

महिला विश्वकप फुटबलमा अहिले समूह सी कै स्पेन र जाम्बियाबीच खेल भइरहेको छ । आजै बेलुकी पौने ६ बजे क्यानडा र आयरल्यान्ड खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
 

यो पनि