बैशाख २०, २०८१, बिहीबार
               

महिला विश्वकप फुटबल : जापान र कोस्टारिकाबीचको खेल चल्दै

नेपाल फ्ल्यास
साउन १०, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा अहिले जापान र कोस्टारिका खेलिरहेका छन् ।

न्युजिल्याण्डको डुनेडिनमा रहेको फोर्सिथ बार स्टेडियममा भैरहेको खेलमा समूह ‘सी’ का जापान र कोस्टारिका खेलिरहेका हुन् ।

खेलको पहिलो हाफमा जापानले २ गोलको अग्रता लिएको छ ।

त्यस्तै आजको अर्को खेलमा समूह ‘सी’ कै स्पेन र जाम्बियाबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।

आजै  बेलुका पौने ६ बजे समूह ‘बी’ का क्यानडा र आयरल्याण्ड खेल्नेछन् ।

हिजो भएको खेलमा कोलम्बिया र फिलिपिन्स विजयी भएका छन् ।

स्विट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेलेका छन् ।

महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ ।

विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । 
 

यो पनि