बैशाख २०, २०८१, बिहीबार
               

महिला विश्वकप फुटबल : गोलरहित बराबरीमा सकियो स्विट्जरल्यान्ड र नर्वेको खेल

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा स्विट्जरल्यान्ड र नर्वेले बराबरी खेलेका छन् ।

मङ्गलवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेलेका हुन् । यो बराबरीसँगै समूह ए का टोलीले १—१ अङ्क बाँडेका छन् ।

यसअघि आजै भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० र फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हराएको छ । 

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
 

यो पनि