बैशाख २०, २०८१, बिहीबार
               

महिला विश्वकप : कोलम्बिया र फिलिपिन्स विजयी

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ ।

मङ्गलवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले हरायो । कोलम्बियाका लागि क्याटालिना उस्मेले खेलको ३० औँ र लिन्डा केसेडाले ३९ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ुएचु मा रहेको कोलम्बियाले ३ अङ्क जोडेको छ । 

यस्तै, आजै न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा फिलिपिन्सले घरेलु टोली न्युजिल्यान्डलाई १–० गोलले हराएको छ । फिलिपिन्सका लागि सरिना बोल्डेनले खेलको २४ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ुएु मा रहेको फिलिपिन्सले ३ अङ्क जोडेको छ । यस्तै अहिले पौने २ बजे समूह ुएु का स्विट्जरल्यान्ड र नर्वे खेल्दैछन् । 

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
 

यो पनि