बैशाख २०, २०८१, बिहीबार
               

रियलको रोमाञ्चक जित

नेपाल फ्ल्यास
साउन ०८, २०८०

ADVERTISEMENT

एजेन्सी । प्रि–सिजन मैत्रीपूर्ण खेलमा रियल मड्रिडले इटालियन क्लब एसी मिलानलाई रोमाञ्चक खेलमा पराजित गरेको छ । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रियल ३–२ गोलले विजयी बनेको हो । फिकायो टोमोरी र लुकास रोमेरोको गोल गर्दा रियल पहिलो हाफमा नै दुई गोलले पछि परेको थियो । तर, दोस्रो हाफमा रियलले खेलमा पुनरागमन गरेको थियो । फेडेरिको भालभर्डेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै रियललाई खेलमा फर्काए । खेलको ८४ औँ मिनेटमा लुका मोड्रिचको उत्कृष्ट पासमा गोल गर्दै रियलको पुनरागमन पुरा गरे ।


कस्तो लाग्यो ?

यो पनि