बैशाख २०, २०८१, बिहीबार
               

महिला विश्वकप : गोलरहित बराबरीमा सकियो फ्रान्स र जमैकाबीचको खेल

नेपाल फ्ल्यास
साउन ०७, २०८०

ADVERTISEMENT

काठमाण्डौ – फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स र जमैकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

आइतवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा फ्रान्स र जमैका गोलरहित बराबरीमा रोकिए । यो बराबरीसँगै समू एफ मा रहेका दुवै टोलीले १—१ अङ्क जोडेका छन् ।

यसअघि आजै भएको समूह जी को खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई हराएको छ । त्यस्तै समूह ई को खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई हरायो ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
 

यो पनि