बैशाख २०, २०८१, बिहीबार
               

महिला विश्वकप : दक्षिण अफ्रिका स्विडेनसँग पराजित

नेपाल फ्ल्यास
साउन ०७, २०८०

ADVERTISEMENT

काठमाण्डौ – फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विडेनले दक्षिण अफ्रिकालाई हराएको छ ।

आज आइतवार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हराएको हो । दक्षिण अफ्रिकाले पहिलो हाफको शुरुमै अग्रता लिए पनि त्यसलाई धेरै समय कायम राख्न भने सकेन । दक्षिण अफ्रिकाका लागि खेलको ४८ औँ मिनेटमा हिलाद मागियाले गोल गरिन् । स्विडेनका लागि खेलको ६५ औँ मिनेटमा फ्रिडोलिनो रोल्फो र ९० औँ मिनेटमा अमन्दा इस्टेडले गोल गरिन् । यो जितसँगै समूह जी मा रहेको स्विडेनले ३ अङ्क जोडेको छ ।

यस्तै आजै समूह ई मा नेदरल्यान्ड्स र पोर्चुगलबीच अहिले सवा १ बजे खेल हुँदैछ । यस्तै समूह ुएफु मा फ्रान्स र जमैकाबीच बेलुकी पौने ४ बजे खेल हुँदैछ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
 

यो पनि