बैशाख २०, २०८१, बिहीबार
               

महिला विश्व कप फुटबल : नाइजेरिया र क्यानडाको गोलरहित बराबरी

नेपाल फ्ल्यास
साउन ०५, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् ।

समूह ‘बी’ मा रहेका नाइजेरिया र क्यानडाले बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलको इन्जुरीसमयमा नाइजेरियाकी मिडफिल्डर डेबोराह अबियोदुनले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा समेटिएको थियो । आजको दोस्रो खेलमा अहिले समूह ‘ए’ को फिलिपिन्स र स्विट्जरल्यान्ड खेलिरहेका छन् 

त्यस्तै, आजको अर्को खेलमा समूह ‘सी’ को स्पेन र कोस्टारिकाबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।

हिजोदेखि शुरु भएको महिला विश्व कपमा आयोजक अस्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।
 

यो पनि