काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाईसकेको छ ।महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ । उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन् ।
न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ । खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ ।
यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।
आगामी २० अगस्टसम्म आयोजना हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।