बैशाख २०, २०८१, बिहीबार
               

चेल्सीको प्रस्ताव अस्विकार

नेपाल फ्ल्यास
साउन ०३, २०८०

ADVERTISEMENT

काठमाडौं । ब्राइटनले मिडफिल्डर मोइसिस काइसिडो किन्ने चेल्सीको प्रस्तावलाई अस्विकार गरेको छ । लण्डन क्लब चेल्सीले इक्वेडरका मिडफिल्डर काइसिडोलाई ७० मिलियन पाउण्डमा किन्न दोस्रो प्रस्ताव गरेको थियो ।

इक्वेडरका अन्तराष्ट्रिय खेलाडीले गत जनवरीमा ब्राइटनसँग क्लब छाड्ने अनुमती मागेका थिए । अर्को लण्डन क्लब आर्सनलले उनीमाथि इच्छा देखाएको थियो ।ब्राइटनको अस्विकारसँगै काइसिडोले सन् २०२७ सम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रिमियर लिगका अन्य क्लबले समेत इच्छा गरेका काइसिडोलाई अनुबन्धन गर्न चेल्सीले ठुलो इच्छा देखाएको छ । चेल्सीले प्रिमियर लिगको पहिलो खेलमा ब्राइटनसँग खेल्दैछ ।

काइसिडो सन् २०२१ मा ब्राइटन आएका थिए । तर उनी त्यो वर्ष खेल्न पाएका थिएनन् । 

उनी सन् २०२१–२२ को सिजनको पहिलो हाफ लोनमा बेल्जियम क्लबमा खेल्न गएका थिए । सन् २०२२ मा ब्राइटनले उनलाई फिर्ता बोलाएको थियो ।

उनले सन् २०२२ को अप्रिलमा प्रिमियर लिगमा डेब्यु गरेका थिए । उनले ब्राइटनबाट ५३ खेल खेल्दै दुई गोल गरेका छन् ।

काइसिडोले ब्राइटनलाई गत सिजन लिगको छैटौं स्थानमा उकाल्न मुख्य भुमिका निर्वाह गरेका थिए । सोही कारण क्लबले युरोपा लिगको समुहमा आफ्नो स्थान पक्का गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि