बैशाख २०, २०८१, बिहीबार
               

रासफोर्ड युनाईटेडमै रहने

नेपाल फ्ल्यास
साउन ०३, २०८०

ADVERTISEMENT

काठमाडौं । मार्कोस रासफोर्डले म्यानचेस्टर युनाईटेडसँग लामो समयको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

रासफोर्डले युनाईटेडसँग नयाँ सम्झौता गर्दै सन् २०२८ सम्म रहने पक्का गरेका हुन् । उनी नयाँ सम्झौताको विषयमा युनाईटेडसँग छलफलमा थिए । उनको सम्झौता सन् २०२४ मा सकिदै थियो । 

प्रशिक्षक इरिन टेन हगको नेतृत्वमा रासफार्ड युनाईटेडमा प्रभावकारी देखिएका छन् । उनले गत सिजन समेत ५६ खेलमा ३० गोल गरेका थिए ।

‘मैले ७ वर्षको उमेरमा युनाईटेड आएको थिए । सोही जोश, गर्व र प्रतिबद्धताले अझै मलाई अघि बढाईरहेको छ । यस क्लबको जर्सी लगाउन पाउनु गर्वको विषय हो ।’ रासफोर्डले भनेका छन् ।

‘यस क्लबसँग मेरा केही अविश्वसनीय क्षण रहि सकेका छन् । तर अझै धेरै प्राप्ति गर्न बाँकी छ । आउने वर्षमा अझ धेरै उपाधि जित्नका लागि लगातार प्रतिबद्ध छु ।’ उनले थपे ।

युरोपका ठुला क्लब रासफोर्ड अनुबन्धन गर्न लागि परेका थिए । जसमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले समेत युनाईटेड भन्दा राम्रो प्रस्ताव रासफार्डलाई राखेको थियो । तर रासफोर्डले युनाईटेडमा आफ्नो प्रतिबद्धता जनाउँदै ५ वर्षको नयाँ सम्झौता गरेका छन् । 
 

यो पनि