बैशाख २०, २०८१, बिहीबार
               

इन्टरका गोलकिपर ओनानालाई युनाइटेडले अनुबन्ध गर्ने

नेपाल फ्ल्यास
साउन ०२, २०८०

ADVERTISEMENT

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेड इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने नजिक पुगेको छ । युनाइटेडले ओनानाका लागि करिब ५ करोड पाउन्ड खर्च गर्ने खबरमा उल्लेख छ । १२ सिजन क्लबमा बिताएका गोलकिपर डेभिड डी गेयाले गत सिजनको अन्त्यमा क्लब छाडेपछि युनाइटेडले २७ वर्षीय क्यामरुनका खेलाडीलाई उनको स्थानमा क्लबमा ल्याउन लागेको हो । आइतबार युनाइटेड र ओनानाका प्रतिनिधिबीच छलफल भएको र त्यस क्रममा ५ वर्षको करारमा हस्ताक्षर गर्ने सहमति बनेको बेलायती मिडियाले जानकारी दिएको छ । दुई क्लबबीच यसबारे छलफल हुन भने बाँकी रहेको छ । यद्यपि अर्को हप्तादेखि सुरु हुने युनाइटेडको अमेरिकाको भ्रमण अघि नै क्लबले उनको अनुबन्ध प्रक्रिया पुरा गर्ने अपेक्षा गरिएको छ ।

आयाक्समा सात वर्ष बिताएर ओनाना सन् २०२२ को जुलाईमा इन्टर मिलान पुगेका थिए । उनले इन्टर तेस्रो हुँदा सिरिए ए का २४ खेलमा आठ वटा क्लीन सिट राख्न सफल भएका थिए । च्याम्पियन्स लिगमा गत सिजन उनले १३ खेलमा ८ क्लीन सिट राखेका थिए, यो प्रतियोगिताका लागि रेकर्ड पनि हो ।


 

यो पनि