बैशाख ०८, २०८१, शनिबार
               

पपुवा न्युगिनीविरुद्ध नेपालको ऐतिहासिक स्कोर

नेपाल फ्ल्यास
फागुन २५, २०७९

ADVERTISEMENT

नेपालले पपुवा न्युगिनीलाई २९८ रनको उच्च चुनौती प्रस्तुत गरेको छ ।आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले २९७ रन बनाएको हो ।

यो नेपालको ओडिआईमा सर्वाधिक स्कोर हो ।यसअघि नामिवियाविरुद्धको खेलमा नेपालले २८७ रन बनाएको थियो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा भएको खेलमा टस हारेर नेपालले ब्याटिङको निम्ता पाएको थियो । 

नेपालले ५ बल बाँकी छँदा सबै विकेट गुमाएर २९७ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारी खेल्दै ११० रनको योगदान गरे । कुशल भुर्तेलसँग ११० रनको साझेदारी भएको थियो । कुशल ४५ रनमा आउट भए ।  

नेपालका लागि भीम सार्कीले ४४ , कप्तान रोहित पौडेलले ३० रन बटुले । ज्ञानेन्द्र मल्लले ११, करण केसीले ८,आरिफ शेखले ७, सन्दीप लामिछानेले ७ , कुशल मल्लले २, सोमपाल कामी ४ रनमा आउट भए ।

पीएनजीका सेमो कमियाले ५,राइली हेकुरेले ३ विकेट लिए ।  

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले अब दुई खेल जिते ३६ अंक हुनेछ । दुई जित हात पारे शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगिनेछ।


कस्तो लाग्यो ?

यो पनि