बैशाख ११, २०८१, मंगलबार
               

यू–१९ विश्वकप छनोटमा नेपालको शानदार जित

नेपाल फ्ल्यास
फागुन १५, २०७९

ADVERTISEMENT

आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । 

सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

युएईमा भएको खेलमा हङकङले १२१ रनको कमजोर लक्ष्य दिएको थियो । जवाफमा नेपालले २२.१ ओभरमा १ विकेट क्षतिमा जित निकालेको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित ६४ रनको योगदान दिए भने उत्तम थापा मगर ३९ रनमा अविजित रहे ।

आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए । 

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ४६.३ ओभरमा १२० रनमा हङकङ अल आउट हुन पुग्यो । नेपालका हेमन्त धामीले ३ विकेट लिए । उनले ९ ओभरमा ३ मेडन राख्दै मात्र १९ रन खर्चिए । 

स्पिनर सुवास भण्डारीले १० ओभरमा जम्मा १० रनमात्र दिए । उनले २ विकेट लिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि