चैत १६, २०८०, शुक्रबार
               

सन्दीप बलात्कार अभियोग: होला त घटनामा ट्‌वीष्ट ?

नेपाल फ्ल्यास
असोज २४, २०७९

ADVERTISEMENT

नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेका कानुन व्यवसायीले बलात्कृत भनिएकी किशोरीको उमेर २ वर्ष घटाइएको दाबी गरेका छन् ।

ती वकिलहरूले आफूहरूसँग त्यसको प्रमाण भएको र त्यसलाई अदालतमा पेस गर्ने बताएका छन् । सो प्रमाण यथेष्ट भएमा यो प्रकरणले अर्को मोड लिन सक्नेछ ।

यसबारे मिडियाहरूमा समाचार आए पनि प्रमाण भने सार्वजनिक भइसकेको छैन । 

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि केही दिनअघि एक अन्तर्वार्तामा यस्तो संकेत गरेका थिए ।

एक कानुन व्यवसायीका अनुसार बलात्कृत भएको भनिएकी किशोरी जन्म पर्साको एक अस्पतालमा २०५९ जेठमा भएको थियो । अस्पतालको रेकर्डमा पनि सो विवरण भेटिएको छ । तर बलात्कृत किशोरीले आफ्नो जन्म २०६१ मा भएको दाबी गरेकी छन् । 

सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थिइन् । उनले ती प्रमाण अदालतमा पेस गर्ने बताएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि