बैशाख ११, २०८१, मंगलबार
               

स्पेनिस ला लिगामा एट्लेटिको विजयी

नेपाल फ्ल्यास
फागुन २८, २०७८

ADVERTISEMENT

स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । 

घरेलु मैदान एट्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्‍यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रिगो डे पौलले एक एक गोल गरे । 

काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एट्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए  । २८ खेलबाट ५१ अंक बनाएको एट्लेटिको शीर्ष तीनमा उक्लिएको छ  । काडिज भने २८ खेलबाट २४ अंक सहित १८औँ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि