चैत १५, २०८०, बिहीबार
               

डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

काठमाडौं । एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ। 

शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो । 

अर्जेन्टिनाको जितमा कप्तान समेत रहेका एन्जेल डि मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६ मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए । 

जितसँगै अर्जेन्टिनाले १२ खेलबाट ८ जित र ४ बराबरसहित २८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिना जारी छनोटमा अपराजित रहँदै आएको छ ।

दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भएको छ । अर्जेन्टिनाले समेत तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ । 

पराजित उरुग्वे भने १३ खेलबाट ४ जित, ४ बराबर र ५ हारका साथ १६ अंक बनाएर तालिकाको छैटौं स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि