बैशाख २४, २०८१, सोमबार
               

उपमेयर महिला फुटबल कप : आज कुन–कुन भिड्दै ?

नेपाल फ्ल्यास
कात्तिक २४, २०७८

ADVERTISEMENT

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज बुधबार क्वाटरफाइनलका दुई खेल आयोजना हुँदै छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको पहिलो खेलमा १२ बजे कैलालीको गौरीगंगा नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

गौरीगंगाले प्रतियोगिताको प्रिक्वाटरफाइनलमा ‘बाई’ पाएको थियो । रोङ गाउँपालिकाले भने तुलसीपुर उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।  

रोङलाई राष्ट्रिय खेलाडी इन्दिरा राई, दीपा राई, विमला विक तथा गोलरक्षक रुपा राना मगरको साथ रहनेछ । गौरीगंगामा पनि राष्ट्रिय टोलीका सदस्य मञ्जलीकुमारी योञ्जन, हेमाकुमारी चौधरी, मोनिका कुस्वारसहिको प्रभाव पर्नेछ । 

आज दिउँसाे ३ बजे कैलालीको गोदावरी नगरपालिका र झापाको कनकाई नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । गोदावरीले प्रिक्वाटरफाइनलमा ‘बाई’ पाएर सीधै अन्तिम आठको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । कनकाईले भने प्रिक्वाटरफाइनलमा  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो । 

गोदावरीविरुद्ध कनकाईलाई कुशुम खतिवडा सहित राष्ट्रिय लिग खेलिसकेका खेलाडीको साथ छ । गोदावरीमा विभागीय खेलाडी विमला चौधरी, हिमा चौधरी, शर्मिला थापासहित छन् ।

प्रतियोगिता उपाधिका लागि प्रतिस्पर्धा गर्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछन् । राष्ट्रिय लिगमा  यस पटक ८ टोलीको सहभागीता रहनेछन् । 

उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको विजेताले ५ लाख पाउँदा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि