बैशाख २५, २०८१, मंगलबार
               

टी-२० क्रिकेट : नामिबियामाथि भारतको सानदार जित

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिसकेकाे भारत र नामिबियाबीचको खेलमा भारतले सानदार जित निकालेको छ । 

सोमबार सुपर-१२ को समूह-२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो । 

जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍याे । ओपनर रोहित शर्माले सर्बाधिक ५६ रन बनाए । भारतका ओपनर लोकेश राहुल  ५४ रनमा अविजित रहे ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेविड विसेले सर्वाधिक २६ रन बनाए ।

भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ जित र ४  हारसहित २ अंकका साथ पाँचौ स्थानमा रहेर विश्वकपको अन्त्य गरेकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि