बैशाख २५, २०८१, मंगलबार
               

दोस्रो चरण महिला उपमेयर फुटबल कप : आज कुन–कुन भिड्दै ?

नेपाल फ्ल्यास
कात्तिक २२, २०७८

ADVERTISEMENT

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोटको दोस्रो चरणको खेल आज सोमबारबाट सुरु हुँदै छ । प्रतियोगितामा आज दुई खेल हुने छन् । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने नकआउट चरणको पहिलो खेलमा समूह ‘ए’ को विजेता झापाको कनकाइ नगरपालिका र समूह ‘जे’ को विजेता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबीच हुनेछ । खेल दिउँसो १२ बजे सुरु हुनेछ । 

यस खेलको विजेताले बुधबार समूह ‘जी’ को विजेता कैलालीको गोदावरी नगरपालिकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । 

अर्को खेल समूह ‘एफ’ को विजेता दाङको तुलसीपुर नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले सेमिफाइनल पुग्नका लागि समूह ‘आइ’ को विजेता कैलालीको गौरीगंगा नगरपालिकासँग खेल्नेछ । 

अखिल नेपाल फुटबल संघ (एन्फा० को आयोजनामा कात्तिक ४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागी ३१ टोलिलाई दश समूहमा विभाजन गरिएको छ । 

प्रत्येक समूहबाट एक टोलि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए । उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुने छन् । 


कस्तो लाग्यो ?

यो पनि