बैशाख २५, २०८१, मंगलबार
               

इंग्लिस प्रिमियर लिग : लिभरपुलको पहिलो हार

नेपाल फ्ल्यास
कात्तिक २२, २०७८

ADVERTISEMENT

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो ।

वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे । लिभरपुलको लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र डिभोक ओरिगीले गोल गरे ।

जितसँगै वेस्ट ह्याम ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित लिभरपुल ६ जित, ४ बराबरी र १ हार सहित २२ अंक बनाएर चौथो स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि