बैशाख २०, २०८१, बिहीबार
               

टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै, लयमा फर्कन्छ त भारत ?

नेपाल फ्ल्यास
कात्तिक १८, २०७८

ADVERTISEMENT

आइसिसी टी–ट्वान्टी विश्वकपमा आज समूह ए मा रहेका दुई खेल हुँदै छन् । चार खेल हारेर पाखा लागिसकेको बंगलादेशसँग अस्ट्रेलिया भिड्दै छ भने अर्को खेल श्रीलंका र वेस्ट इन्डिजबीच हुने छ ।

उता, उपाधि दाबेदारको रूपमा रहेको भारतले पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर–१२ को समूह–२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो । 

अफगानिस्तानसँग खेलमा भारतीय ब्याट्सम्यानहरूले खरो प्रदर्शन गरेर पुन आफूलाई लयमा फर्काउने सन्देश दिएका छन् ।

जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे । 

भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले  २ विकेट हात पारे ।  

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रनको विशाल योगफल तयार पारेको थियो । 

भारतका ओपनर रोहित शर्माले सर्वाधिक ७४ रनको योगदान दिए । केएल राहुलले ६९ रन बनाए । भारतलाई ओपनर रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि  १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । 

भारत पहिलो खेलमा पाकिस्तानसँग दोस्रो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ । अब, सेमिफाइनल यात्रा तय गर्न भारतलाई दुवै खेल जित्नुपर्ने हुन्छ । यति मात्रै हैन अन्य खेलमा समेत भर पर्नुपर्ने हुन्छ । 

सुपर–१२ को समूह–२ बाट सेमिफाइनल पुगिसकेको पाकिस्तानको ४ खेलमा ४ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा छ ।

न्युजिल्यान्ड ३ खेलमा २ जित र १ हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ जित र २ हार सहित पाँचौँ स्थानमा छ । भारत ३ खेलमा १ जित र २ हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेल नै हारेको छ । 


कस्तो लाग्यो ?

यो पनि