चैत १५, २०८०, बिहीबार
               

बंगलादेश उपाधि होडबाट बाहिरियो

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

बंगलादेशलाई पराजित गर्दै दक्षिण अफ्रिकाले आइसिसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनल यात्रा जीवित राखेको छ । 

मंगलरबार सुपर–१२ को समूह–१ को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्राको सम्भावना बाँकी रहँदा बंगलादेश भने उपाधि होडबाट बाहिर रहेको हो । 

८५ रनको सामान्य  लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बभुमाले सर्वाधिक ३१ रनको अविजित इनिङ खेले । यस्तै रास्सी भान डर डुसेन २२ रनको योगदान दिए । 

बंगलादेशका तस्किन अहमदले २ विकेट लिए । भने नासुम अहमद र माहेदी हसनले समान १–१ विकेट लिए । यसअघि आबुधाबीमा टस हारेर ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा ८४ रनमा अल आउट भएको थियो । 

बंगलादेशका माहेदी हसनले सर्वाधिक २७ रन बनाए । यस्तै ओपनर लिटन दासले २४ रनको योगदान दिए । दक्षिण अफ्रिका कागिसो रबाडा र   एनरिच नोर्कियाले समान ३ विकेट लिए । यस्तै तबरेज शाम्सीले २ विकेट हात पारे । 

समूह–१ मा इंग्ल्याण्ड शीर्षस्थानमा रहँदा दक्षिण अफ्रिका ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो, वेस्ट इंण्डिज पाँचौँ र बंगलादेश पुछारमा छ । 

समूह–२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्यान्ड  तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ । यता, अंक विहीन भारत र स्कटल्यान्ड क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।


कस्तो लाग्यो ?

यो पनि