बैशाख १९, २०८१, बुधबार
               

उपमेयर महिला कप : आज कुन–कुन भिड्दै ?

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा (आज) सोमबार दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने पहिलो खेल दिउँसो १२ बजे समूह ‘आइ’ अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

यसअघि वेदकोट नगरपालिकाले बराहक्षेत्रलाई पराजित  र गौरीगंगासँग बराबरी खेलेको थियो । वेदकोट दुई खेलमा चार अंकसहित समूहको शीर्ष स्थानमा छ । 

अन्तिम खेल समूह ुजेु अन्तर्गत धरान उपमहानगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ । 

यसै समूहको पहिलो खेलमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले धरान र दोस्रो खेलमा चौदण्डीगढीलाई हराउँदै दुई खेलमा शतप्रतिशत नतिजा निकालेको छ । यी दुई टोलीले समूह चरणको अन्तिम खेल खेल्न लागेका हुन् । 

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा बाँडिएको छ । प्रत्येक समूहको विजेता नकआउट चरणमा पुग्नेछन् । 

हालसम्म समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिकाले नकआउट चरणमा स्थान बनाइसकेका छन् । 

समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिका, समूह ‘ई’ अन्तर्गत इलामको रोङ गाउँपालिका, समूह ‘एफ’ बाट दाङको तुलसीपुर नगरपालिका नकआउट चरणमा पुगेका छन् । 


कस्तो लाग्यो ?

यो पनि