चैत १६, २०८०, शुक्रबार
               

विश्वकपमा आज दक्षिण अफ्रिका र श्रीलंका तथा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

काठमाडौं । आईसीसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् । शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

त्यस्तै श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दा दोस्रो खेलमा अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो ।

शनिबारको दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियाको सामना गर्दै छ । दुबईमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच र दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गरेको थियो ।

यस्तै इंग्ल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजमाथी छ विकेट र दोस्रो खेलमा बंगलादेशमाथी आठ विकेटको जित दर्ता गराएको थियो ।


कस्तो लाग्यो ?

यो पनि