जेठ ०६, २०८१, आइतबार
               

डि ककले माफी माग्दै भने- ‘म रंगभेदी होइन’

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर क्विन्टन डि ककले माफी  मागेका छन् । उनले माफी माग्दै आफू रंगभेदी नरहेको बताएका छन् । अस्ट्रेलिया विरुद्धको खेल सुरु हुनअघि रंगभेदको सांकेतिक विरोध गर्नका लागि दक्षिण अफ्रिकाका केही खेलाडीले घुँडा टेकेका थिए । तर केहीले टेकेनन् । 

झन्डै डेढ वर्षअघि अमेरिकामा जर्ज फ्लोइड नामका एक अस्वेत व्यक्तिको गलालाई प्रहरी अधिकारीले घुँडा टेकेर निमोठेका थिए र सास फेर्न नसक्दा फ्लोइडको ज्यान गयो । यसपछि विश्वभर घुँडा टेकेर रंगभेदको सांकेतिक विरोध गरिएको थियो । खेलकुद प्रतियोगिताहरुमा पनि खेलाडीले यसरी नै विरोध जनाउने गरेका छन् । 

डि ककले भने, ‘म आफ्ना सबै साथीभाई र घरमा रहेका समर्थकहरूसँग माफी माग्छु । यदी मैले घुँडा टेक्दा अरु मानिसमा जागरण ल्याउन र अन्यको जीवन राम्रो बनाउन सहयोग मिल्छ भने म त्यसको गर्दा धेरै खुसी हुनेछु,’ विकेटकिपर ब्याट्सम्यान डि ककले भने । उनले आफु रंगभेदी नरहेको बताए । ‘म रंगभेदी होइन । मेरो हृदय छ । मलाई चिन्नेहरूलाई यो कुरा थाहा छ ।’

टी २० विश्वकपको सुरुवाती खेलमा अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजलाई ८ विकेटले हरायो । 


कस्तो लाग्यो ?

यो पनि