जेठ ०६, २०८१, आइतबार
               

तुलसीपुर, वीरेन्द्रनगर र गोकर्णेश्वर विजयी सुरुवातकाे दाउमा

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा शुक्रबार तीन खेल हुनेछन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने प्रतियोगिताको नवौं दिन हुने पहिलो खेलमा बिहान ९ बजे समूह एफ को हेटौंडा उपमहानगरपालिका र तुलसीपुर नगरपालिकाबीच हुनेछ । 

हेटौंडा यसअघि पहिलो खेलमा गैंडाकोट नगरपालिकासँग १-० ले पराजित भएको थियो । तुलसीपुरको यो पहिलो खेल हो । गैंडाकोटले एक खेलबाट तीन अंक जोडिसकेको छ । 

दोस्रो खेल दिउँसो १२ बजे समूह जी अन्तर्गत पोखरा महानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबीच हुनेछ । 

यस समूहको पहिलो खेलमा पोखरा कैलालीको गोदावरी नगरपालिकासँग ६-० ले पराजित भएको थियो । यो जितसँगै कैलालीको गोदावरीले तीन अंक जोडेको छ । वीरेन्द्रनगरको भने यो पहिलो खेल हो । 

आजकाे अन्तिम खेल दिउँसो ३ बजे धनगढी उपमहानगरपालिका र गोकर्णेश्वर नगरपालिकाबीच हुनेछ । धनगढि लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । 

धनगढीले पहिलो खेलमा धनकुटा नगरपालिकालाई ५–० ले हराउँदै तीन अंक जोडिसकेको छ । गोकर्णेश्वरको भने समूह चरणको यो पहिलो खेल हो । उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । 


कस्तो लाग्यो ?

यो पनि