मंसिर ०६, २०८१, बिहीबार
               

आइसिसी टी– २० विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौं । डेविड वार्नरको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टी(२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार दुबईमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ६५ रनको योगदान दिए ।  आरोन  फिन्चले ३७ रन बनाए । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए ।

त्यसअघि दुबई  टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए ।

अष्ट्रेलियाका  स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर  कमिन्स,  मिचेल स्टार्कले समान २–२  विकेट लिए ।

सुपर– १२ को समूह–१ मा इंग्ल्यान्ड २ खेलमा २ जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान  ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि