जेठ ०६, २०८१, आइतबार
               

उपमेयर कप महिला लिग : काठमाडौँ महानगरको शानदार जित

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

काठमाडौं ।  उपमेयर कप राष्ट्रिय महिला लिग छनौटमा काठमाडौं महानगरपालिका विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा काठमाडौंले सिमकोट गाउँपालिकालाई ९-० गोलको फराकिलो जित हात पार्‍यो ।

काठमाडौंको जितमा जेनिफर रानाले एक्लैले ४ गोल गरिन् । सरस्वती आयरले ह्याट्रिक पूरा गर्दा गरिमा राई र मनिषा थापा मगरले एक एक गोल गरे ।

जितसँगै समूह ई को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो । तर, काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहबाट इलामको रोङ गाउँपालिकाले नकआउट चरणमा स्थान बनाइसकेको छ । रोङ समान अंक भए पनि गोल अन्तरमा अघि रहदै नकआउटमा पुगेको हो ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि