जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रिय महिला उपमेयर कपम : आज तीन खेल हुँदै

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज (बिहीबार) तीन खेल हुँदैछ । बिहीबार हुम्लाको सिमकोट गाउँपालिका र काठमाडौं महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा समूह विजेता बन्ने लक्ष्यसहित मैदान उत्रनेछन् । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा हुने पहिलो खेल बिहान ९ बजे हुनेछ । 

समूह ‘इ’ अन्तर्गतको सो खेल प्रतियोगिताको दोस्रो दिन हुनुपर्ने तालिका रहेपनि  प्राविधिक कारणले रोकिएपछि ११ गतेको लागि सारिएको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले समूहको पहिलो खेलमा इलामको रोङ गाउँपालिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो । रोङ गाउँपालिकाले पनि सिमकोट गाउँपालिकाविरुद्ध जित निकाल्दै दुई खेलबाट चार अंक जोडेको रोङ समुहको शीर्षस्थानमा छ । 

दोस्रो खेल दिउँसो १२ बजे समूह ‘आइ’ अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका र कञ्चनपुरको वेदकोट नगरपालिकाबीच हुनेछ । दुवै टोलीको यो पहिलो खेल हो । 

अन्तिम खेल दिउँसो ३ बजे धरान उपमहानगरपालिका र सुनकोशी गाउँपालिकाबीच हुनेछ ।

बुधबार सम्पन्न खेलमा समूह 'एफ' अन्तर्गत गैंडाकोट नगरपालिकाले हेटौंडा उपमहानगरपालिकालाई १-०, समूह 'जी' काे गोदावरी नगरपालिकाले पोखरा महानगरपालिकालाई ६-० र समूह ‘एच’ अन्तर्गत धनगढी उपमहानगरपालिकाले धनकुटा नगरपालिकालाई ५-० ले हराएको थियो । 

जितसँगै तीन टोलीले समान तीन-तीन अंक बटुलेका छन् । प्रतियोगितामा सहभागी ३१ टोलिलाई दश समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलिको समूह विजेता नकआउट चरण प्रवेश गर्नेछ । 

अहिलेसम्म समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । 

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । साथै फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

यो पनि